काठमाडौं-

बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ।

नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा सार्वजनिक बिदा दिइएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाले सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ।

 

प्रदेश सरकारका सचिव पूर्ण बहादुर दर्जीले यसबारे जानकारी गराउँदै सूचना प्रकाशन गरिएको बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय