Uddar

खुकुरी प्रहार बाट एक युवतीको हत्या



खुकुरी प्रहार बाट एक युवतीको हत्या

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा बस्दै आएकी २१ वर्षीया युना दर्नालको खुकुरी प्रहार बाट हत्या गरिएको छ।सभापोखरी गाउँपालिका–१ कै २३ वर्षीय नन्दराम गदालले २१ वर्षीया युना दर्नालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारको भनाई छ।

युना खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। गदालले युवतीको हत्या गरेपछि खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ।
युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।
गदाल बिहीबारमात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ।गएराति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ।

बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।हत्याको कारण भने खुल्न नसकेको डिएसपी गोदारले बताए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?