Uddar

आयोगले भन्यो- राज्यशक्ति दुरुपयोग गरेर मानव बेचविखन गर्नु गम्भीर अपराध



आयोगले भन्यो- राज्यशक्ति दुरुपयोग गरेर मानव बेचविखन गर्नु गम्भीर अपराध

काठमाडौं-

राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायहरूबाट नै राज्यशक्तिको दुरुपयोग गरी नागरिकलाई नक्कली शरणार्थी बनाएर मानव बेचबिखन गर्नु गम्भीर अपराध भएको बताएको छ ।

बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो भ्रष्टाचारको विषय मात्रै नभई मानव बेचबिखन र ठगीको गम्भीर अपराध भएको बताएको हो।

पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले भ्रष्टाचारले सार्वजनिक जवाफदेहिता र पारदर्शितामा प्रभाव पार्ने र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, स्वास्थ्य, शिक्षा, आवास, खानेपानी लगायत नागरिकको जीविकोपार्जनमा असर पर्ने बताए। उनले भ्रष्टाचारका कारण दलित, महिला, जनजाति, आदिवासी, शारीरिक अशक्त भएका मानिसहरुको संरक्षणको सुनिश्चितता दिन नसक्ने धारणा राखे।

राज्यले प्रदान गर्ने सेवा सुविधा सहज हुनुपर्ने पनि आयोगले बताएको छ। आयोगका अध्यक्ष मगरले भ्रष्टाचारका मुद्दामा शून्य सहनशिलताको नीति अवलम्वन गरी उच्च मनोबलका साथ स्वतन्त्र, स्वच्छ र निष्पक्ष अनुसन्धानमार्फत संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन आग्रह पनि गरेका छन् ।

 

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?