Uddar

आज हावाहुरीसहित वर्षाको सम्भावना



आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं –

आज देशका केही भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली छ। कोसी, मधेस प्रदेश, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?