Uddar

आज यूएईसँगको खेलमा जित निकाले नेपाल विश्वकप छनोटमा पुग्ने



आज यूएईसँगको खेलमा जित निकाले नेपाल विश्वकप छनोटमा पुग्ने

काठमाण्डौं-
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले यूएईसँगको खेलमा जित निकाले विश्वकप छनोटमा पुग्नेछ ।

त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा बिहानदेखी सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ। यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ।

यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो। नेपाल पुनस् युएईलाई पराजित गर्ने मनस्थितिका साथ आज मैदानमा उत्रदैछ।

गएको खेलमा घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारेका थिए भने सन्दीप लामिछानेले २ विकेट लिन सफल भएका थिए। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट लिएर युएईलाई अलआउट गरेको थियो। घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकालेपछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाई सकेको छ।

लिग २ मा दोस्रो पटक युएईलाई हराएर शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको तीन दिनपछि नेपाल आज पुनस् युएईसँग भिडन लागेको हो।

 

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?