Uddar

डीडीसीले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढायो



डीडीसीले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढायो

काठमाडौं-

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ।

संस्थानले बिहिबारदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै चार प्रकारको दूधको मूल्य ११ देखि १६ रुपैयाँसम्म बढाएको हो। निजी डेरी संगठनले यसअघि नै दूधको मूल्य बढाइसकेका छन्।

मन्त्रिपरिषदले निर्णय अनुसार वृद्धी भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ भने बिहीबारबाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दुध पाउनेछन्,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने।

उनका अनुसार अब निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ। यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गरिनेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ।

हरियो प्याकेटको मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ। जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ।

 

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?