Uddar

आज पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना



आज पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं-

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना रहेको हो।

देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

विभागले आन दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

देशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?