Uddar

कतार नेपालीहरुको राम्रो आम्दानी र आकर्षक मुलुक हो- व्यवसायी राम श्रेष्ठ



कतार नेपालीहरुको राम्रो आम्दानी र आकर्षक मुलुक हो- व्यवसायी राम श्रेष्ठ

दुई दशक पहिले जर्जर मरुभूमीको तातो रापमा हुईकिदै कल्पना गर्थे उनि, नेपालीहरु कति मिहिनेति छन् जसले कतारको सडक बनायो, स्टेडियम बनायो, हरेक ठूला सपिङ मलमा चिटिक्क परेर नेपालीहरु सूरक्षा गार्ड बसि रहेका छन् । मन मनै यस्तै सोचेर ५ बर्षसम्म हिमालयन ट्रेड एण्ड कन्ट्रयाक्टीङ कम्पनिमा अकाउण्ट सम्हालेर नेपाल फर्केर पूनः कतार पुगेर आफै मालिक बनि अरुलाई रोजगार दिएका कतारका सफल यूवा व्यवसायि तथा चितवन खैरहनी पर्सा बजारका एक यूवा हुन् राम श्रेष्ठ ।


पछिल्लो समय सन् २०१० मा कतार गए लगतै डेजी कन्ट्रयाक्टीङ एण्ड ट्रेडिङ कम्पनि संञ्चालन गरि नेपाली, भारतीय र बंगला देशका गरि १ सय ५० जना भन्दा बढिलाई रोजगारको अवसर दिनु भएको छ श्रेष्ठले । कम्पनि संगै भेटघाट नामक नेपाली रेष्टुरेण्ट संञ्चालनमा ल्याएको १ बर्ष भएको बताउनु भयो । रेष्टुरेण्टमा १ दर्जन नेपालीहरुले रोजगार पाएका छन् ।
धेरै नबोल्ने, सबै संग सरल र मिजासिलो व्यवहार गर्ने, सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका श्रेष्ठ नेपाली व्यवसायी संघ कतारका सचिवालय सदस्य हुन् ।


सन् २०१८ मा स्थापना भएको नेपाली व्यवसायी संघ कतार एक मात्र यस्तो संस्था हो जुन कतार फाईनान्सीयल सेण्टरमा दर्ता भएको छ । करीब ७० जना सदस्य रहेको यस संस्थामा हाल नयाँ सदस्य थपिदै गएको श्रेष्ठले बताउनु भयो ।
रोजगार, व्यवसाय संगै अन्य क्षेत्रमा गरि ३ लाख भन्दा बढि नेपालीहरु रहेको कतारमा करीब ४ सय नेपालीहरुले आप्mनै व्यवसाय गर्दै आएको उहाँले जानकारी दिनु भयो । हाल यो संघ एक कुशल र सफल व्यवसायि महेन्द्र चौंलागाईको अध्यक्षतामा रहेको छ ।
नेपालीहरुको कन्स्ट्रक्सन, रेष्टुरेण्ट, ट्रेडिङ, क्लिनिङ कम्पनि, ईम्पोर्ट, दोहोरी साँझ लगायतका व्यवसायहरु गर्दै आएको श्रेष्ठले बताउनु भयो । अन्य मुलुकका व्यवसायीहरु संग समन्वय गरि कतारमा आएको अवसरलाई सदुपयोग गर्दै अगाडि बढ्ने, दुःखमा परेका नेपालीहरुलाई संघले उद्धार गर्ने, नेपालमा विभिन्न समयमा परेको विपदमा आर्थिक तथा भौतिक सहयोग गर्ने गरेको पनि जानकारी दिनुभयो ।


सन् २००४ मा जुन दयनीय अवस्थामा थियो कामदारहरुको अबश्था अहिले ठिक विपरित रहेको श्रेष्ठको ठम्याई छ । अहिले स्यालरी राम्रो छ । बैंक सिस्टम रहेको छ । कम्पनिले गलत काम गरे व्ल्याक लिष्टमा राख्छ, छुटपुट सामान्य समस्या भन्दा अन्य समस्या त्यति नभएको बताउनुहुन्छ उहाँ । हाल कतार सरकारले नेपालीहरुको विश्वास गरि त्यहाँको सरकारी सेवामा समेत नेपालीहरुलाई रोजगारी दिएको छ ।
एक सामान्य कामदार देखि मालिक सम्म बनेका युवा व्यवसायी राम श्रेष्ठ भन्नुहुन्छ, कतार नेपालीहरुको राम्रो आम्दानी र आकर्षक मुलुक हो ।

 

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?