Uddar

गोरखाबाट प्रतिनिधीसभा सदस्यमा काँग्रेसका बजगाइ र माओवादीका दाहाल ठुलो मतान्तरले बिजयी



गोरखाबाट प्रतिनिधीसभा सदस्यमा काँग्रेसका बजगाइ र माओवादीका दाहाल ठुलो मतान्तरले बिजयी

गोरखा –

गोरखा क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका राजेन्द्र बजगाइ र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधीसभा सदस्यमा ठुलो मतान्तरले बिजयी भएका छन् ।
बजगाइ मतान्तरको हिसाबमा जिल्लामा नै उत्कृष्ठ देखिए ।
बजगाइले १६ हजार ६८४ मतको अन्तरले एमालेका उम्मेदवार रामशरण बस्नेतलाई पराजय गरे । गोरखा क्षेत्र नम्बर १ मा ५९ हजार ८९ मत खसेकोमा बजगाइले ३३ हजार ४६९ मत पाएका थिए ।
गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका प्रचण्डले निकटतम प्रतिद्वन्दी संग १३ हजार ४६५ मतको फराकिलो अन्तर पारेर बिजयी भएका हुन् ।

 

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?