Uddar

फिफा विश्वकपमा उपाधि दाबेदारी टिम स्पेनको शानदार जित


काठमाडौं( कतारमा जारि फिफा विश्वकपमा उपाधि दाबेदारी टिम स्पेनले शानदार जितसहित प्रतियोगिताको सुरुवात गरेको छ।

समूह इ मा रहेको स्पेनले अमेरिकी टिम कोष्टारिकालाई अल थुमाना रंगशालामा ७(० को फराकिलो गोल अन्तरले हराएको छ। ८५ प्रतिशत बल आफ्नो पक्षमा राखेको स्पेनले टिकीटाका शैली करिब एक हजार पास खेलेको थियो।

खेलमा स्पेनका लागी फेरान टोरेसले दुई, अल्भारो मोराटा, सोलेर,गाभी, ओल्मो र एसेन्सियोले समान एकरएक गोल गरे। समूह इ मा रहेको स्पेनसंगै बलियो टोलि जर्मनी र जापान पनि रहेका छन्। स्पेनले अर्को खेलमा निकट प्रतिद्वन्धी जर्मनी विरुद्ध खेल्नेछ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?