Uddar

चितवन २ मा लामिछानेको दोब्बर अग्रता, क्षेत्र नं. १ मा रास्वपा र ३ मा राप्रपाको अग्रता



चितवन २ मा लामिछानेको दोब्बर अग्रता, क्षेत्र नं. १ मा रास्वपा र ३ मा राप्रपाको अग्रता

चितवन-

चितवन २ मा रवि लामिछानेको दोब्बर अग्रता रहेको छ । उनले नेकपा एमालेका कृष्णभक्त पोख्रेल भन्दा ७ हजार ३ सय ९२ मतले अघि रहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार २७ हजार ४ सय ९४ मत गन्दा घण्टी चिन्हका लामिछानेले १३ हजार ६ सय ४१ मत ल्याउनु भएको छ ।

एमालेका कृष्ण भक्त पोख्रेलले ६ हजार २ सय ४९ मत ल्याउनु भएको छ । पोख्रेल भन्दा लामिछाने ७ हजार ३ सय ९२ मतले अघि हुनुहुन्छ । कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९ सय ३५ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै चितवन क्षेत्र नम्बर १ मा रास्वपा कै हरि ढकाल र ३ मा राप्रपाका बिक्रम पाण्डेको अग्रता कायम नै छ ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?