Uddar

काठमाण्डौं ४ मा गगन र झापा १ मा विश्व प्रकाशको अग्रता



काठमाण्डौं ४ मा गगन र झापा १ मा विश्व प्रकाशको अग्रता

काठमाण्डौं-
काठमाडौं-

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन्। गगनले १७ हजार ५१६ मत ल्याएर नेकपा एमालेका राजन भट्टराईलाई निकै पछि पारेका छन्।

भट्टराईले ११ हजार ९४८ मत ल्याएका छन्। उनीहरूबीच ५ हजार ५६८ मतको फरक छ।

२०७४ को चुनावमा पनि यो क्षेत्रमा थापा र भट्टराईबीच नै प्रतिस्पर्धा भएको थियो र थापाले जितेका थिए।
त्यस्तै झापा-१ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन्। १० हजार ३७५ मत गणना हुँदा विश्वले ५ हजार ३४३ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेलले ३ हजार १ सय ८ मत पाएका छन्। शर्मा खरेलभन्दा २ हजार २३५ मतले अघि छन्।

उक्त क्षेत्रमा रास्वपाका ओमनाथ भण्डारीले ९७५ मत पाएका छन्। उक्त क्षेत्रमा ५६१ मत बदर भएको छ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?