Uddar

रौतहटबाट लागूऔषध कारोबारी एक जना पक्राउ



रौतहटबाट लागूऔषध कारोबारी एक जना पक्राउ

रौतहट-

प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वाड नम्बर ४ स्थितमा संजय होटलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

हिजो साँझ होटलमा बसिरहेका रौतहट चन्द्रनिगाहपुर ६ गुम्बाटोल बस्ने वर्ष ३२ का करण राईलाई लागूऔषध नाईट्रोभेट ६४५ ट्याब्लेट र कोडिबेल सिरप ३८ बोतलसहित पक्राउ गरेको हो।

निजबारे थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?