Uddar

शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता -गृहमन्त्री खाण



शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता -गृहमन्त्री खाण

रुपन्देही-

गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन्।

नेपाल पूर्वप्रहरी सङ्गठन जिल्ला समिति रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छलफलमा उनले भने, मुलुकमा तीव्र विकास जरुरी छ। जनभावनाअनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन गरिएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका गृहमन्त्री खाणले वर्तमान सरकार र गठबन्धनले मुलुकको हितका लागि मात्र काम गरेको र आउँदा दिनमा पनि गर्ने बताए।

उनले पूर्वप्रहरीलाई अवकाशपछि पनि गतिशील बनाए राष्ट्र सक्रिय रहने र स्वयं व्यक्तिसमेत लाभान्वित हुने बताए। सेवामा रहँदा होस् वा अवकाशपछि होस्, उहाँहरूको भूमिका हरेक ठाउँमा अहम् हुने गर्छ, उनले भने। नेपाल समय

 

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?