Uddar

रत्ननगर नपा वडा नं. १३ को वडा कार्यालय परिसर निर्माण कार्यमा उपभोक्ता समितीको मनोमानी ।



रत्ननगर नपा वडा नं. १३ को वडा कार्यालय परिसर निर्माण कार्यमा उपभोक्ता समितीको मनोमानी ।

रत्ननगर नपा वडा नं. १३ को वडा कार्यालयको परिसरमा उपभोक्ता समितीले मोज्याक टायल लगाउने कार्यमा योजना विपरीत कार्य गरेको पाईएको छ ।

रत्ननगर नगर पािलकाको कार्यालयले मिती २०७९ असोज २६ गते स्थानीय वडा तहकै तर्फबाट उपभोक्ता समिती गठन गरी वडा स्तरीय बजेट शिर्षक अन्तर्गत प्रवेशद्धार र मोज्याक टायल लगाउने कार्यमा नगरको प्राविधिकले दिएको सम्झौतापत्रको नीति विपरीत कार्य गरेको पाईएको हो ।

उपभोक्तालाई प्रदान गरीएको निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाग्री अन्तर्गत मोज्याक टायल लगाउने फिल्ड लेवलिङ गरीसकेपछि २५ घनमिटर ग्रावेल फिलिङ गरी रोलर लगाएर सबवेस प्रयोग गर्नुको साथै क्युरीङ गरी मोज्याक टायल लगाउनुपर्नेमा ग्रावेलको प्रयोग नगरीकन नै उपभोक्ता समितीले मनोमालिन्य ढंगबाट तिहार विदाको कार्यालय बन्दको अवसर पारेर कार्य सम्पन्न गर्न खोजिएको प्रष्ट बुझिन आएको केहि स्थानीयवासीले बताए ।

यसको अलावा मोज्याक टायल लगाउनुअघि सम्झौतापत्रमा उल्लेख गरीए अनुसार दुवै साईडमा इट्टाको सपोर्ट उठाएर मात्र मोज्याक टायल लगाइनुपर्नेमा उपभोक्ता समितीले विना इट्टाको साइड बार नदिई धमाधम टायल लगाउनुमा कतै उपभोक्ता समिती नै अदृश्य रुपमा आफैंले काम लिएर पैसा कमाउने धन्दामा लागेको त होइन भनी शंका गर्ने अवसर प्रदान गरेको स्थानीय सचेतहरुको बुझाई रहेको छ ।
सो बारेमा रत्ननगर नगरपालिकाको सम्बन्धित इन्जिनियरलाई फोन सम्पर्क गरी बुझ्दा पर्व विदाको कारणले गर्दा आफु अनुगमन गर्न जान नपाएको र तिहार विदा पश्चात् कार्यालय सञ्चालन भएपछि नगरपालिकाका प्राविधिकहरु अनुगमनको लागि जाने र २५ घनमिटर ग्रावेल प्रयोग नगरी मापदण्ड विपरीत कार्य भएको ठहर भएमा उपभोक्ता समितीको कार्यशैलीलाई अयोग्य ठहराई मापदण्ड विपरीत कार्य सम्बन्धमा दण्ड स्वरुप रकम कटौती गरेर मात्र भुक्तानी दिईने जानकारी दिएका छन् ।

सोही क्रममा योजना शाखाका आधिकारीक प्राविधिकले बताए अनुसार निर्माण कार्य सुरु गरीनुअघि योजना शाखामा उपभोक्ता समितीले कुनै जानकारी नगराई वा सुपरिवेक्षण विना निर्माण सुरु गरीनु नियम विपरीत रहेको पनि बताए । मापदण्ड विपरीत निर्माण कार्य गर्ने ठेकेदार र उपभोक्ता समितीलाई सम्बन्धित निकायले चाहेको खण्डमा उक्त निर्माण कार्य रद्ध गर्न सकिने पनि उनले बताए ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?