Uddar

चितवन क्षेत्र नं. १ मा प्रतिनिधी सभाको उम्मेदवार डा. विश्वनाथ पौडेल सबैभन्दा बलियो



चितवन क्षेत्र नं. १ मा  प्रतिनिधी सभाको उम्मेदवार डा. विश्वनाथ पौडेल सबैभन्दा बलियो

रवि रोषी, चितवन ।

चितवन क्षेत्र नं. १ मा डा. विश्वनाथ पौडेल सबैभन्दा बलियो प्रतिस्पर्धीको रुपमा सावित भैसकेका छन् ।

यहि आउँदो मंसीर ४ गते हुन गैरहेको प्रतिनिधी सभाको निर्वाचनमा पौडेलको उम्मेदवारीले सम्पुर्ण मतदाताहरुमा विकासप्रेमी व्यक्तित्वले सबैमा खुशी छाएको बताउँछन ।

चितवनकै रत्ननगर–३, शान्तिचोकमा जन्मिएका पौडेल पढाईमा सधैं अब्बल रहेका उनले रत्ननगरकै स्थानीय सरकारी बिद्यालय नेपाल उच्च मा. बि. बाट आफ्नो एसली सम्मको अध्ययन पुरा गरी छात्रवृत्ति पाएर काठमाडौको अमृत साइन्स कलेज र त्यसपछि छात्रवृत्ति पाएर पुनः थप अध्ययनको लागि चीन र अमेरिका पढ्ने अवसर पनि सरकारी स्तरबाट नै पाएका थिए । अर्थशास्त्र विषयगत अध्ययनको लागि संसारकै उत्कृष्ट बिश्वबिध्यालय युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा बिध्याबारिधि गरेका थिए । पढाई पुरा गर्नासाथ अमेरिकामा प्राप्त सबै अवसर छोडेर आफ्नै देशमा केहि गर्नुपर्छ भनेर नेपाल फर्किएर काठमाडौ बिश्वबिध्यालयमा अध्यापन गर्ने कामलाई निरन्तरता दिन थाले ।

डा.पौडेल प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, सामाजिक अर्थशास्त्र एवं आर्थिक इतिहासका ज्ञाता समेत रहेका छन । नेपालमा रहदा
नै डा. पौडेलले अन्तर्राष्ट्रिय श्रममा आर्थिक सल्लाहकार, अफिस अफ मिलेनियम च्यालेन्ज नेपालका अर्थशास्त्री र राष्ट्रिय योजना आयोग को सल्लाहकार, बिश्व बैंक, एशियाली बिकास बैंकको परामर्शदाताको रुपमा पनि जिम्मेवारी बहन गर्दै आएका थिए ।

सो को साथै नेपालको जलविद्युत उत्पादन र मौद्रिक नीतिनिर्माण सम्बन्धि धेरै काममा आफनो कौशलता देखाउँदै आएका पौडेल विश्वकै जानेमाने अर्थविदको रुपमा दर्ज भएका व्यक्तित्व हुन । सोहि कारण उनको बिद्वताको कदर गर्दै नेपाल सरकारले डा.पौडेललाइ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त गरेको थियो ।

नियुक्त भए पस्चात यस क्षेत्रको बिकास र रास्ट्र निर्माणका धेरै कार्य अनुकरणीय कार्य गर्ने सिलसिलामा बाढिको प्रकोप नियन्त्रणको लागि मुख्य नदिहरु कयर खोला तटबन्धन, राप्ती खोला तटबन्धन, लदरि खोला पुल निर्माण , जन जागृति मा. बि. पिठुवाको भौतिक संरचना निर्माण , गवइ मा. बि. खैरहनि १३ को भवन निर्माण , चितवनको बिकट क्षेत्र राप्ति १२ यौरालिटारमा मा पहिलो पटक बिजुली बत्ती को ब्यवस्था त्यहा रहेको गणेश मा.बि.मा महिला छात्रवासको निर्माण, सम्पूर्ण विद्यार्थीहरुलाइ दिवा खाजाको ब्यवस्था , राप्तिको पहाडि क्षेत्र जोड्ने बास्तविक चेपाङ मार्ग को निर्माण को लागि बजेट बिनियोजन, पम्पा खोलाको तटबन्ध शुरु, च्यात्रा खोला खैरहनिमा तटबन्धको लागि बजेट ब्यवस्था, सौराहा सौन्दर्यिकरण तथा बिस्तार आयोजना अन्तर्गत रत्ननगर, खैरहनि र राप्ति जोड्ने साइकल लेन सहितको पर्यटकिय सडक निर्माण कार्यका साथै काम आगाडि बढाइएको आयोजनामा र.न.पा. ८ चित्रसारिमा सौराहा जोड्ने ४ लेनको आकर्षक सिग्नेचर पुल निर्माण, खगेरि खोला तटबन्धको लागि बजेट ब्यवस्था, कठार क्रिडास्थल स्थापनाको लागि बजेट बिनियोजन , शक्तिखोर हुग्दि सुरुङ्ग मार्गको लागि बजेट बिनियोजन , पुर्ब पश्चिम राजमार्ग बिस्तार अन्तर्गत चितवन टिकौलि देखि पथलैया बारा सम्मको स्तरीय ४ लेनको राष्ट्रिय गौरवको सडक यहि बर्ष देखि सुरुवात गर्न राष्ट्रिय योजना आयोग बाट स्वीकृत गराउनु भएको लगायत अरु धेरै कार्य गरेका छन ।

सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिएका राजेन्द बुर्लाकोटीले आफनो उम्मेदवारी निष्क्रिय भएको घोषणाको साथै डा. विश्व पौडेलको विजयताको लागि समर्थन सहित अगाढि बढेपछि डा. विश्व पौडेलको विजयको विकल्पमा अरु कोहि नरहेको बताउँछन ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?