Uddar

महानगरको अनुमतिबिना काठमाडौंमा डिजिटल बोर्ड र विज्ञापन नराख्न निर्देशन



महानगरको अनुमतिबिना काठमाडौंमा डिजिटल बोर्ड र विज्ञापन नराख्न निर्देशन

काठमाडौं-

काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले अनुमति बिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड तथा डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ।

असोज ५ गतेबाट अनुमति बीना बाह्य विज्ञापन सञ्चालन नगर्नरनगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति ९२०७९ साल असोज ५ गते० बाट बाह्य विज्ञापन सञ्चालन नगर्नरनगराउन महानगरले निर्देशन दिएको छ।

नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने महानगरको चेतावनी छ।

 

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?