Uddar

सरकारी अस्पतालको व्यवस्थापन सुधार्न स्वास्थ्यमन्त्रीको निर्देशन



सरकारी अस्पतालको व्यवस्थापन सुधार्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालको शौचालयलगायतका अत्यावश्यक कुरा सुधार गर्न निर्देशन दिनुभएको छ ।

स्वास्थ्यमन्त्री खापुङले सरकारी अस्पतालको शौचालय , खानेपानी, बिरामी कुरुवा कक्ष लगायतका अत्यावश्यक कुराहरुमा तत्काल सुधार गर्न सम्बन्धित अस्पतालका निर्देशकहरुलाई निर्देशन दिनुभएको छ ।

शौचालय फोहोर र अस्तब्यस्त भएको व्यापक जनगुनासो आएपछि समस्या समाधानमा तत्काल लाग्न अस्पताल निर्देशकहरूलाई निर्देशन दिनुभएको स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार केदारप्रसाद गौतमले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?