Uddar

कविता- एक्लै छँदा



कविता- एक्लै छँदा

कविता- एक्लै छँदा

यो मन बैराग्यको छ आज भोलि,
अतासियर रुन्छ झन झन आज भोलि ।
च्यात्तिएका पाना जस्तै हृदय फाटेर होला,
जोगि बनम जस्तै लाग्छ आज भोलि ।।

 

पलपल म मरेर बाचेँकोछु एक्लै छँदा,
ब्यार्थ लाग्छ बेसहारा जीवन एक्लै छँदा ।
बसाइँ सरौँ सरौँ लाग्छ बेचैन जब हुन्छु,
आफैं मुर्दा आफैं मलामी बनु लाग्छ एक्लै छँदा ।।

-इन्दिरा पौडेल . भनपा-१२, चितवन

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?