Uddar

‘सफलताका सूत्र’ कृति लोकार्पण



‘सफलताका सूत्र’ कृति लोकार्पण

साहित्यकार द्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त लिखित निबन्ध संग्रह “सफलताका सूत्र”  बजारमा आएको छ । दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित भएको उक्त कृति प्रज्ञा भवनको भव्य समारोहबीच लोकार्पण भएको हो।

प्रमुख अतिथि नेपाली भाषा साहित्यका मूर्धन्य प्रा. डा. बासुदेव त्रिपाठी, नेपाली भाषा साहित्यका प्रखर विद्वान  प्राध्यापक गोपी कृष्ण शर्मा, प्रा. डा. भागवत ढकाल, प्राज्ञ दिनेशराज पन्त, कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा, योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, पूर्व सचिव शंकर प्रसाद पाण्डे र दायित्व बांमय प्रतिष्ठानका अध्यक्ष राम प्रसाद पन्तले संयुक्तरूपमा लोकार्पण गरेका थिए। प्रा. डा. भागवत ढकालले कृति माथि समालोचना गर्नुभएको थियो।

यस भन्दा अगाडि पनि दम्पतीद्वयको संयुक्त प्रयासमा प्रकाशित “आफ्नो किताब, ऊर्जा, रहस्य;जीवन र प्रेम” कृति सफलताको पृष्ठपोषण पाएकोले लेखनप्रति अरु उत्साह थपिएकै कारण पुनः “सफलताका सूत्र“ कृति रचना हुन पुगेको अध्यक्षद्वयको भनाई छ। जीवनमा सफल हुनैपर्छ, असफल व्यक्ति समाजमा कसैको प्रिय बन्न सक्दैन, कसैको सहानुभूति पाउन सक्दैन र उसको जीवन नै उसलाई बोझ महसुस हुन्छ। इच्छा भएर मात्र जीवनमा वास्तविक सफलता प्राप्त हुदैन । यसको निम्ति निरन्तर लगावको जरूरत पर्दछ । प्रत्येक व्यक्तिको जीवनमा सफलताको रहस्य नै  निरन्तर लगाव हो, संघर्ष हो, कडा परिश्रम र मिहिनेत हो जसले आफ्नो जीवनको लक्ष्यप्रति समर्पित गराउँछ । जीवनको उद्धेश्य र लक्ष्य  के हो र यसले प्रत्येक व्यक्तिको जीवनलाई विधायकतातिर लैजान्छ या प्रतिस्पर्धातिर सोच्न सक्नु नै सफल जीवनका आधार हुन् भन्ने सूत्र कृतिमा समेटिएको लेखकद्वयले बताएका छन् ।

अस्तित्वले मानिसलाई दिएका सम्पदाहरूको  सहि प्रयोग गर्नु नै सफल बन्नु हो।  सफलताको महत्वपूर्ण राज आत्मविश्वास हो। कुनै एउटा विधामा सफलता हाँसिल गर्दैमा जीवनका अरू आयामहरू ओझेलमा पर्न नदिई सन्तुलित जीवन बिताउनु नै सफल हुनु हो । त्यसैले, सफल हुनु र बन्नु पहिले कुन क्षेत्रमा म किन सफल हुन चाहन्छु, अरूको देखेर, अरु जस्तै बन्न या आफ्नै सौख, स्वान्त सुखायको लागि अथवा सहज जीवनको लागि या कुनै पनि अन्य लक्ष्यको लागि हो त्यो निश्चित गर्नुपर्दछ भन्ने सूत्रहरू आफ्नो जीवनको अनुभूतिसँग मेल खाएका दृष्टान्त मार्फत प्रस्तुत गरिएको अध्यक्षद्वयको भनाई छ।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?