—धनराज गिरी
—” गुरुजी,म हजुरलाई भित्री हृदयदेखि नै सम्मान गर्दछु। भेट्न मन त छ,तर हाम्रो आफ्नो आफ्नो सीमा,मिलन होला यही जिन्दगीमा,हजुर पिता समान हुनुहुन्छ,अस्तिको हजुरको अनुहारको बारेको सौन्दर्य मीमाम्साले मलाई धेरै सोच्ने बनायो।के मान्छेको अनुहार हेरेर उसको मन पढ्न सकिन्छ र ? आँखाले केही संकेत दिने कुरा सत्य हो र ?
हजुरको तस्वीरको मासुमियत,भोलापन र हजुरको सरलता,सज्जनताका बारेमा सहेली रन्जु अधिकारीबाट थाहा पाएकी छु। अब मेरो अनुरोध,मेरो अनुहारले मलाई कस्तो मान्छे भन्छ गुरु बा?” टोरन्टो,क्यानडा निवासी अरुणिमा निर्दोषीले प्रोफेसर इन्द्रनारायण आनन्दसित आज मन खोलेर कुरा गरिन्। सामाजिक सन्जालको कमाल,पाँच बर्षदेखि साथी,उनी कश्मीर मा,भूगोलको,यता प्रोफेसर कन्याकुमारीमा।
अस्ति आफ्नो एक सुदर्शन तस्वीर राखेर प्रोफेसरले क्याप्सन लेखेको थियो, ” पवित्र मनको परिचय अनुहारले दिन्छ। ” हुन त यो शाश्वत सत्य त होइन नै, तर आनन्दले आफ्नो जीवनमा,धेरै कुरा सहेर भए पनि,आफ्नो मन मैलो हुन नदिएको कुरा उसलाई मात्र होइन,उसका नजिकका नातेदारहरू र अजीज याराहरू र अझ चेलाचेलीहरूलाई थाहा छ। चित्त दुखेमा,झोक चलेमा ऊ सामुन्नेमा नै बिस्फोट हुन्छ ,या फेसबुकमा ठोक्छ । डर छैन आनन्दलाई। ” छोरी, यो कुरा केही हदसम्म सत्य हो, कमसेकम मेरो हकमा । मनमा शान्ति छ भने मुहारमा कान्ति,औरा हुन्छ हुन्छ,शिवानिको मुहार हेर, मेरो अनुज पदमनारायण परदेशीको अनुहार हेर, कति दीप्त छ! Our inner pain is well reflected by our poor face.
अति अभिनय गरे मात्र हो भित्री पीर लुकाउन सक्ने।मानिस धेरै कमजोर अस्तित्व हो। मुखले जे जे भने पनि मनमा त अनेक सुनामी लहर हुन्छ,हुन्छ। तिमी एक पवित्र मनकी देवी हौ।प्रकृति र नारी सुन्दर हुनु भनेको यो धरतीको ” सत्यम्,सुन्दरम्,शिवम् ” हो, फूल र जून हेर।कति कविता लेखिए !
तिम्रो अनुहार अवलोकन गर्दा म आफ्नो कान्छी छोरी पूजाको नियास्रो कम भएको अनुभूत गर्छु । यो पाको प्रोफेसरको जीवनको मूल मन्त्र नै नारीलाई सम्मान गर्नु हो । प्रेरणा दिनु हो।म त तिमीजस्ता हजारौं चेलीहरूको ” साझा बा! ” उखान पनि जानेको छु।
छोरी ,तिम्रो एक दर्पण हो,सफा ” दर्पण”, पवित्र छ्यौ,सदा मुस्कुराना!नदेखेको एक अजनवीप्रतिको तिम्रो यो सम्मान नै त्यो सूचक हो जसले तिम्रो ” पाक दिल ” को खबर दिन्छ। आशीर्वाद छ छोरी।यो लोलोपोतो होइन।म झूट न बोल्ने कसम खाएको मान्छे,जे जे भोग्न परे पनि!”
” धन्यवाद गुरुदेव,मबाट त्यस्तो कुनै नादानी भएको भए छोरी सानी भनेर माफ गर्नुहोला है।म पनि त मान्छे नै हूँ।कहिलेकाहिँ भाले प्रजातिप्रति नै नफरत हुन्छ भन्या! साला लोग्नेमान्छेहरू,सबै गुण्डा,भन्न मन लाग्छ।तर यो मेरो नर्मल बिहाभियर होइन।आक्रोश हो पुरुषहीनग्रन्थिप्रतिको। हामी नारीको साझा समस्या । राम्री भए पनि समस्या ,न भए पनि समस्या!”
-
” नो वोरी छोरी,तिमीप्रति मेरो कुनै गुनासो छैन,बरू एक शायर मन,भमर,फूल देखेर म बहकिन्छु र गीत,गजल,मुक्तकमा महकिन्छु। ” राम्री आइमाई देख्नै न हुने ! ” यो आरोप यूरोपमा पनि,एशियामा र अष्ट्रेलियामा पनि पाएको छु। मैले नै धोबी बजारलाई कुरा उद्योगलाई चाहिने सामाग्री दिएको छु। दोषी म ,मेरो खुल्लापन,तर धरातलीय यथार्थ त फूलहरूलाई,जूनहरूलाई,मेरा देवी साथीहरूलाई,सबैभन्दा बढी मेरी चेलीहरूलाई थाहा छ।मैले,आफैं ,सफाइमा केही भन्नु पर्ला र छोरी? ” ” नो गुरुदेव,मान्छे म पनि चिन्छु। हजुर एक पवित्र आत्मा हो,साझा अभिभावक ,एक औतारी,शीतल चौतारी!नमन गुरुदेव।अब भान्सातिर।”
“आशीर्वाद छोरी!आज कथा लेखिन्छ,तोरा मन दर्पण कहलाये! “प्रोफेसर कथाको बारेमा सोच्न थाल्यो।