Uddar

गठबन्धनले जिसस सदस्य मनोनयनमा तालमेल गर्ने निर्णय



गठबन्धनले जिसस सदस्य मनोनयनमा तालमेल गर्ने निर्णय

काठमाडौं-

सत्तारुढ ५ दलीय गठबन्धनले जिल्ला समन्वय समिति र पालिकका बाँकी कार्यपालिका सदस्य मनोनयनमा पनि तालमेल गर्ने निर्णय गरेका छन्। सोमबार बसेको ५ दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सोही अनुसार तालमेल गरी अघि बढ्न आआफ्नो दलका जिल्ला र प्रदेशसमितिलाई निर्देशन जारी गर्ने समेत निर्णय गरेको छ।

अब ७७ वटा नै जिल्ला समन्वय समितिमा तालमेल गर्न गठबन्धनले निर्देशन छ।

बैठकमा देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एस अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवका साथै राष्ट्रिय जनमोर्चा अध्यक्ष दुर्गा पौडेल उपस्थित थिए।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?