Uddar

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का



सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ। आज दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्काले सुपका केही जिल्लामा क्षति पुगेको अनुमान छ। केही घर भत्किएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट भइरहेका छन्।

भूकम्पको केन्द्रबिन्दु बाजुरा भएको विभागले जानकारी दिएको छ। भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीसम्म महसुस भएको थियो।

धक्का महसुससँगै सुदूरपश्चिमका जिल्लामा मानिसहरु घर बाहिर निस्किएका थिए। भूकम्पका कारण भएको क्षति भने यकिन भइसकेको छैन।

यसअघि गत कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६‍.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने  केही घाइते भएका थिए।

Comments

comments

प्रतिक्रिया-


छुटाउनुभयो कि?